२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

पूर्वमन्त्री न्यौपानेको निधन


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 6.5K
    SHARES

  • images
    पूर्वमन्त्री न्यौपानेको निधन

    कालीकोट, ४ पुस । पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगबाट पीडित उहाँको आज बिहान भक्तपुरस्थित सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।

    मृगौला रोगबाट समेत पीडित रहनुभएका ६५ वर्षीय न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उहाँका आफन्त अधिवक्ता उमाकान्त न्यौपानेले जानकारी दिनुभयो । उहाँको तीन महिनादेखि प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । न्यौपानेका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

    विसं २०५१ मा कालीकोटमा नेकपा ९एमाले० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका न्यौपाने २०५५ सालमा सूचना तथा सञ्चार सहायकमन्त्री हुनुभएको थियो । कालीकोटको रास्कोट नगरपालिका–८ फुकोट गाउँमा जन्मिुनभएका न्यौपाने साविक फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित हुनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend