गोरखा, ४ पुस । उत्तरी गोरखाको विहीका मंगलबार साँझ भिरबाट खसेको ढुङ्गाले लागेर गम्भिर घाईते भएका युवकको हेलीकप्टर मार्फत उद्वार गरी उपचारको लागि काठमाण्डौ पु¥याइएको छ । ढुङ्गा खसेर घाईते खच्चड मालिक धार्चे गाँउपालिका–५ माछाखोला निवासी ३५ बर्षिय केमी गुरुङलाई राजधानी लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
चृुमनुब्री गाँउपालिका–५ को बिहिबाट माछाखोला तर्फ आउने क्रममा मंगलबार साँझ पान्द्रङ भिरबाट खसेको ढुङ्गाले लागेर गुरुङ ५० मिटर तल भिरमा खसेका थिए । उनलाई स्थानियले देखेर हिजै नै उद्वार गरी विहीको स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
ढुङ्गाले लागेका गुरुङ बायाँ खुट्टा भाँचिएको छ भने शरिरको विभिन्न भागमा चोट लागेको गोरखा प्रहरीले जानकारी दिएको छ । उनको नेपाली सेनाको हेली मार्फत उद्वार गरिएको हो । घाइतेको राजधानीको मनमोहन अस्पतालमा उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।


