२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 7.8K
    SHARES

  • images
    मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु


    काठमाडौं । बाराको निजगढ नगरपालिकामा बुधबार दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक जना घाइते भएका छन् ।रौतहटबाट निजगढ तर्फ आउदौ गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । 

     मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन् । 

     बलको मोटरसाइकलमा सवार २९ वर्षीया बाबुराम सुनुवार घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनको निजगढ सामुदायिक अस्पताल निजगढ ९ मा उपचार भईरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend