२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मुगुमा दलित भएकै कारण कोठाबाट निकालिन् तुलशा, छानबिन गर्ने प्रजिअकाे प्रतिबद्दता


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 7.1K
    SHARES

  • images
    मुगुमा दलित भएकै कारण कोठाबाट निकालिन् तुलशा, छानबिन गर्ने प्रजिअकाे प्रतिबद्दता

    दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्माले आर्थिक वर्ष ०७८।०७९ को विज्ञापनमा कर्णाली प्रदेश लोक सेवा आयोगको प्राविधिक तह अनमि पदमा पास गरेपछि मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा पोस्टिङ भइन ।

    अनमीका रुपमा गत वर्षको माघ २४ गते खनाया स्वास्थ्य चौकीमा हाजिर भए पछि हाजिर भएकै दिनबाट तुल्सा स्वास्थ्यचौकी इन्चार्जको घरमा  कोठा लिएर बस्न थालिन ।

    खनायाका स्थानीयलाई आफ्नो दक्षताले भ्याए सम्म सेवा गरेकी तुलसीले झण्डै एक वर्ष पछि जात सोधेर आफुलाई घरबाट निकाली दिएको अहिले तुलसाले बताउन थालेकी छिन । स्वास्थ्यचौकीमा कार्यरत भएपछि डेरा दिएका खनाया स्वास्थ्य कार्यालयका ईन्चार्ज सुरजकुमार शाहीको परिवारले नै दलित भएको भन्दै डेराबाट निकालेको तुलसीको भनाईले स्पष्ट पारेकाे छ ।

    उनका अनुसार सुरजका परिवारले बसेको एघार महिनापछि तुलसी दलित भएको थाहा भएको भन्दै घर छोड्न दबाब दिइरहेका छन । कोठाबाट निकालिएपछि तुल्सा अप्ठेरोमा परिन र शरण खोज्दै स्वास्थ्य चौकी भवनमा पुगिन । सो क्रममा इन्जार्च सुरजकुमार शाहीले आफुलाई स्वास्थ्यचौकीमा बस्न नदिएको तुल्साकाे भनाइ छ । तर शाही भने आफुले जातीय विभेद नगरेको दाबी गरेका छन ।

    तुलसीले खनायामा जातीय विभेद मात्रै नभएर गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलाएकी छिन् । शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर मल्लले राति राति फोन गर्दै कहाँ भेट्न आउँछु भन्ने जस्ता कार्य गरिररहेकाे उनकाे भनाइ छ । 

    उता, गाउँ पुगेको केही समयमै आफू असुरक्षित रहेको बुझे पनि जागिर भएकाले केही समय सहेकाे तर शारीरिक तथा मानसिक यातना देखि सामाजिक विभेदले सीमा नाघेपछि परिवारलाई सुनाएको तुलसीले जनाइन ।

    अहिले तुलसी सदरमुकाम गमगढी बजारमा रहेकी छन । जिल्ला प्रहरी कार्यालय मुगुले भने अहिलेसम्म तुलसीले उजुरी नदिएकाले अनुसन्धान नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी बिरेन्द्र थापाले पीडितको निवेदन दर्ता भएसँगै कानुनी प्रकृया अघि बढ्ने बताएका छन् ।

    सामाजिक सञ्जालमा स्वास्थकर्मी विकले छोएको औषधि गाउँलेले खाएनन् भनेर हल्ला फैलिएको थियो । प्रमूख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले तुल्साले जातीय विभेद भोग्नु परेको घटना साँचो भएको र उजुरी परे कारबाही अगाडी बढाउने बताएका छन्  ।  

    दलित अधिकारको क्षेत्रमा काम गर्दै आएकाहरुले तुल्सालाई जातीय विभेद गर्ने स्वास्थ्यचौकी इन्चार्ज र उनको परिवारलाई कानुनी दायरामा ल्याउनु पर्ने बताएका छन् । 

    newskarkahna-news606071..jpg


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend