२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बागमतीका १० अस्पतालको स्तरोन्नति गर्ने सरकारको निर्णय


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 6.3K
    SHARES

  • images
    बागमतीका १० अस्पतालको स्तरोन्नति गर्ने सरकारको निर्णय


    काठमाडौं । बागमती प्रदेश सरकारले १० वटा अस्पतालहरुको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश क्षेत्रका १० अस्पतालको स्तरोन्नति गर्ने र प्राविधिकसहित १६६९ कर्मचारीहरुको संगठन संरचना स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

    उनका अनुसार भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई ३०० बेड क्षमतामा स्तरोन्नति गर्ने निर्णय भएको छ भने धादिङ अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल,सिन्धुली अस्पताल र चितवनको बकुलर अस्पताललाई १०० वेड क्षमतामा स्तरोन्नति गर्ने निर्णय भएको छ ।

    त्यस्तै, सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शैयाका अस्पतालकारुपमा स्तरवृद्धि गर्ने निर्णय भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend