२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

कपिलवस्तुमा बसले ट्रकलाई ठक्कर दिँदा ४ जना गम्भीर घाइते


सञ्चार डबली
  • मंगलबार, पुस ३ २०८०
  • 10.2K
    SHARES

  • images
    कपिलवस्तुमा बसले ट्रकलाई ठक्कर दिँदा ४ जना गम्भीर घाइते

    कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर-२ गोरुसिंगे बजारमा मंगलबार साँझ ६ बजेतिर दाङबाट बुटवल तर्फ जाँदै गरेको बसले रोकी राखेको ट्रकलाई ठक्कर दिँदा ४ जना गम्भीर घाइते भएका छन्।

    ना ५ ख ९६४१ नम्बरको बसले गोरुसिंग स्थित मल्ल स्टाफ होटल अगाडी रोकी राखेको ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिँदा बसमा सवार ४ जना गम्भीर घाइते भएका हुन।

    घाइतेहरू र अन्य यात्रु बसमा च्यापिएका थिए। जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख अनिल भण्डारीले दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई बाहिर निकालिएको उपचारका लागि बुटवल तर्फ पठाइएको बताए।

    बसमा सवार अन्य यात्री भने सकुशल रहेको उनले बताए। घाइतेहरूको नाम अझै सम्म खुल्न सकेकाे छैन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend