२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मोरङको कानेपोखरी बजारमा भएको दुर्घटनामा एकको मृत्यु


सञ्चार डबली
  • मंगलबार, पुस ३ २०८०
  • 8.3K
    SHARES

  • images
    मोरङको कानेपोखरी बजारमा भएको दुर्घटनामा एकको मृत्यु

    उर्लाबारी, ३ पुस । गुडिरहेको बसको पछाडिपट्टिका चक्का खुस्किएर ठक्कर दिँदा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी बजारमा एक जनाको मृत्यु भएको छ। 

    मंगलबार बिहान ९ बजे कानेपोखरी–६ रमाइलोबाट कन्काईमाइ दर्शन गर्न कानेपाखरी बस स्टेण्ड पुग्नुभएका ३० वर्षीय वीरेन्द्र पौडेलको चक्काले ठोक्किएर मृत्यु भएको हो। 

    कानेपोखरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको प्र.१–०१–००ख–३९२२ नम्बरको यात्रुवाहक बसको बायाँतर्फका पछाडिका दुवै चक्का खुस्किएका थिए। तीव्र गतिको बसका चक्का खुस्किदा ट्याम्पोबाट ओर्लिँदै गरेका पौडेललाई ठक्कर दिएको थियो। 

    गम्भीर घाइते पौडेललाई तत्काल पथरी अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाइएको थियो। नर्सिङ होममा उपचारका क्रममा दिउँसो १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend