२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

रोल्पामा भीरबाट लडेर युवकको मृत्यु


सञ्चार डबली
  • मंगलबार, पुस ३ २०८०
  • 7.9K
    SHARES

  • images
    रोल्पामा भीरबाट लडेर युवकको मृत्यु

    रोल्पा, ३ पुस । रोल्पामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ। पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका-७ तेबाङ निवासी २६ वर्षीय सुर्मान पुनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    खर काट्न घरदेखि करिब ४ सय मिटर उत्तरी क्षेत्रमा पर्ने गोटीबाङतर्फ गएको र त्यस क्रममा भीरबाट करिब ३० मिटर मुनि खसेकोमा उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए।

    पुनको उद्धारका लागि सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको नेतृत्वमा तीन जनाको टोली घटनास्थल पुगेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend