२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बलात्कार आराेपमा दुईजना पक्राउ


सञ्चार डबली
  • मंगलबार, पुस ३ २०८०
  • 8.5K
    SHARES

  • images
    बलात्कार आराेपमा दुईजना पक्राउ

    खोटाङ, ३ पुस ।  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई  प्रहरीले पक्राउ गरेको छ । सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट राखावाङदेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उता १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर षडानन्द नगरपालिका-१३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई मंसिर २८ गते साँझ सोही ठाउँस्थित कोदोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend