२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

३८० किलो गाँजासहित दुई जना पक्राउ


सञ्चार डबली
  • मंगलबार, पुस ३ २०८०
  • 7.7K
    SHARES

  • images
    ३८० किलो गाँजासहित दुई जना पक्राउ

     

    काठमाडौं । भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब ३ सय ८० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक अनिल र सहचालक राजपाललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend