२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सिजि इन्टरटेनमेन्टले  ‘ मनका कुरा विथ बसन्त चौधरी ' प्रसारण गर्दै


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 7.8K
    SHARES

  • images
    सिजि इन्टरटेनमेन्टले  ‘ मनका कुरा विथ बसन्त चौधरी ' प्रसारण गर्दै

    काठमाडौँ । सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने  भएको छ । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र ‘भिसा–गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सिजि इन्टरटेनमेन्टले अब आफ्नोे यु–ट्युब च्यानल शुरु गर्न लागेको हो ।

    हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजना अनुसार यही डिसेम्बर २२ तारिखदेखि हरेक शुक्रबार साँझ ८ बजे बसन्त चौधरीले प्रस्तुत, गर्ने कार्यक्रम ‘मनका कुरा विथ बसन्त चौधरी' सिजि इन्टरटेनमेन्टको आधिकारीक यूट्युव च्यानल मार्फत  नियमित रुपमा प्रसारण हुनेछ ।

    उक्त कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुसँग अन्तरङ कुराकानी प्रस्तुत हुनेछ।  सो कार्यक्रम उत्पादन गर्नका लागि सिजि इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापना समेत गरिसकेको संस्थाका सह–अध्यक्ष हरिहर शर्माले जानकारी दिनुभयो ।

    हाल  ‘मनका कुरा विथ बसन्त चौधरी' उत्पादन र प्रसारण गर्न लागेको सिजि इन्टरटेनमेन्टले आगामी जनवरीदेखि अन्य कार्यक्रम पनि शुरु गर्ने तयारी गरेको  छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend