२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 करिब २४ किलो गाँजासहित पाँचजना पक्राउ


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 6.9K
    SHARES

  • images
     करिब २४ किलो गाँजासहित पाँचजना पक्राउ


    काठमाडौं । अवैध लागूऔषध गाँजा करिब २४ किलो ६ सय ३० ग्रामसहित ललितपुरबाट ३ जना, उदयपुर र म्याग्दीबाट १–१ जना गरी जम्मा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरबाट पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने ५२ वर्षीय विरेन्द्र श्रेष्ठ, ४७ वर्षीय विरेन्द्र श्रेष्ठ र ५४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । प्रहरी प्रभाग लुभु र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई करिब ११ किलो १ सय १ सय ८० ग्राम गाँजासहित आइतबार साँझ पक्राउ गरेको हो । 

     उदयपुरबाट पक्राउ पर्नेमा बेलका नगरपालिका–९ भचुवा बस्ने २१ वर्षीय रबिन राई छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई करिब १३ केजी गाँजासहित आइतबार दिउँसो पक्राउ गरेको हो । 

    म्याग्दीबाट पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका–३ मौवाफाट बस्ने ४६ वर्षीय गोपाल दर्जी छन् । ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले उनलाई करिब १ केजी ४ सय ५० ग्राम गाँजासहित अन्नपूर्ण गाउँपालिका–३ काभ्रेबाट आइतबार बिहान पक्राउ गरेको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend