२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाई ओभरहरु एकै चरणमा बनाउनुपर्छ : चिरिबाबु महर्जन


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 9.6K
    SHARES

  • images
    ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाई ओभरहरु एकै चरणमा बनाउनुपर्छ : चिरिबाबु महर्जन

     


    काठमाडौं । मेलम्चीको पानी छिटोभन्दा छिटो उपलब्ध गराउन सरकारलाई दबाब दिनउपत्यका सङ्घर्ष समितिले आन्दोलन गरेको छ । मनसुन सकिएको ३ महिना बितिसक्दा पनि मेलम्चीको पानी किन नछाडिएको भन्दै समितिले प्रश्न गरेको छ । आज बिहान ११ बजे कोटेश्वर चोकदेखि सुरु गरिएको विरोध र्याली तिनकुने हुँदै मिनभवन तर्फ लागेको थियो । मेलम्चीको पानी यथाशिघ्र उपत्यकामा ल्याउन सबैको भुमिका आवश्यक भएको उक्त र्यालीमा सहभागीले बताएका छन् । विभागीय मन्लगायत मेलम्ची खानेपानी विकास समितिमा ज्ञापनपत्र, धर्ना दिँदा समेत आफ्नो मागको कुनै सुनुवाई नभएको समितिको गुनासो छ ।

    मेलम्चीको पानी ल्याउन सरकारले तदारुकता नदेखिएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन्। काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गत असार ७ गतेदेखि ठप्प छ।

    आयोजना शुरूआत भएको २२ वर्षपछि २०७७ चैत १५ मा पहिलो पटक मेलम्चीको पानी काठमाडौँमा वितरण गरिएको थियो। काठमाडौँका ३२ वटै वडाको प्रतिनिधित्व हुनेगरी मेलम्ची खानेपानी संघर्ष समिति बनाएर आन्दोलन थालेको हो।

    विभिन्न चरणमा खानेपानीमन्त्री, अर्थमन्त्री तथा सरकारका प्रतिनिधिसँग भेटवार्ता र छलफल गर्दा आश्वासन मात्र पाएको, तर मेलम्चीको पानी आउने छाँटकाँट नदेखिएपछि सडकमा उत्रिनु परेको समितिको भनाई छ । झन्डै ३५ अर्ब रुपैयाँ खर्चेर निर्माण सम्पन्न गरिएको आयोजनाबाट पानी नआएपछि गौतम सहितका स्थानीयले अर्थमन्त्री डा.प्रकाशशरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई गत मंसिर १२ मा सिंहदरबारमै भेटेर एक हप्ताको ‘अल्टिमेटम’ दिएका थिए।

    उपभोक्ताको अल्टिमेटमपछि खानेपानीमन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा स्थलगत निरीक्षणसमेत गरेका छन्। तर बाढीले संरचनामा क्षति पुर्‍याएका कारण मेलम्चीको पानी कहिले आउँछ भन्न सक्ने अवस्था नरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend