२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 7.4K
    SHARES

  • images
    उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री दाहाल


    काठमाडौं । काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले गम्भीर पहल गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । आज ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले फोहोरको दिर्घकालिन समाधानका लागि पहल गरिरहेको जिकिर गरेका छन् ।

    ‘प्रधानमन्त्री दाहालले भने , काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ ।’ ‘यसका लागि तीनै तहको सरकारबिच समन्वय र सहकार्य हुन आवश्यक छ, उनले विकास निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण एवं संवद्ध्रनका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपुर्ण रहेको बताउँदै प्रशंसा गरे ।

    उनले स्थानीय तहहरुको विकास निर्माणका सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । यसअघि कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द शाहले उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा संघ सरकारलेसहजीकरण गरिदिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend