२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

रामजानकी विवाहमा २८ पकेटमार पक्राउ !


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 6.7K
    SHARES

  • images
    रामजानकी विवाहमा २८ पकेटमार पक्राउ !

    रामजानकी विवाहपञ्चमी महोत्सवको मौका छोपेर पाकेट मार्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    भिडभाडमा पाकेट मार्ने तथा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। भिडभाडको मौकाछोपी श्रद्धालु भक्तजनको पाकेट मार्ने तथा दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।

    विगतका वर्षमा विवाहपंञ्चमी महोत्सवमा भएको आपराधिक गतिविधि दोहोरिन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

    आइतवार रातिसम्म पक्राउ परेका उनीहरुलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा गरी राखिएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend