२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मोटरसाइकल चोरी आरोपमा दुई युवक पक्राउ


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 7.4K
    SHARES

  • images
    मोटरसाइकल चोरी आरोपमा दुई युवक पक्राउ

    मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ।

    प्रहरीले लमजुङको सुन्दरबजार नगरपालिका-८ का १९ वर्षीय विशाल कुमाल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-२ का २४ वर्षीय अनिष बानियाँलाई नियन्त्रणमा लिएको हो।

    गत मंसिर २५ गते राति ११ बजेको समयमा सुन्दरबजार-९ मा रहेको युवराज गुरुङले आफ्नो कोठा अगाडि पार्किङ गरेर राखेको दूधपोखरी गाउँपालिका-३ का ३३ वर्षीय श्याम गुरुङको मोटरसाइकल चोरी भएको थियो।

    प्रदेश ०३–०२, ००६ प २७६१ नम्बरको मोटरसाइकल चोरी भएको उजुरीका आधारमा घटनाको अनुसन्धान गर्दै जाँदा दुई युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी मीनबहादुर घलेले जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको टोलीले मंसिर २९ गते काठमाडौंको तार्केश्वर नगरपालिका-११ मा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई मोटरसाइकलसहित पक्राउ गरिएको हो।

    उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लमजुङ ल्याएर आइतबार जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा दिन ७ को म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक चपाईंले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend