२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

धार्चे गाउँपालिकाको रनिङशिल्ड सम्पन्न : प्रतियोगिताको उपाधी प्रभात किरण मा बि लाई


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 6.1K
    SHARES

  • images
    धार्चे गाउँपालिकाको रनिङशिल्ड सम्पन्न : प्रतियोगिताको उपाधी प्रभात किरण मा बि लाई

    गोरखा, १ पुस । विगत ३ दिनदेखी धार्चेको माछाखोलामा जारी राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभात किरण माध्यामिक बिद्यालयले हात पारेको छ । ७ स्वर्ण सहित कुल १२ पटक हातपारेर प्रभात किरणले रनिङ शिल्डको उपाधी हात पारेको हो ।

    धार्चे गाँउपालिका–५ को माछाखोलामा गएको मंसिर २८ गतेदेखी जारी रहेको प्रतियोगिता ३० गते साँझ सम्पन्न भएको खेलमा बिद्यालयले ७ स्वर्ण, ३ रजत र २ कास्य गरी १२ पदक हात पारेको गाँउपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।

    त्यस्तैगरी, उपबिजेता भएको केरौजा माध्यामिक बिद्यालयले भने ६ स्वर्ण, ४ रजत र ३ कास्य गरी १३ पदक हात पारेको छ । तेस्रो स्थानमा हरेको मणिकाम देवी माध्यामिक बिद्यालयले भने ४ स्वर्ण, ४ रजत र २ कास्य गरी १० पदक हात पारेको शिक्षा शाखाले जानकारी दिएको छ ।

    प्रतियोगितामा उपाधाी हात पार्ने प्रभात किरण मालिे शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेता बिद्यालयलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाका उपप्रमुख सुनिला गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा पालिका भित्रका ९ वटा माध्यामिक बिद्यालयका ३०० जनाभन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहेको पालिकाले जनाउको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend