२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

रुस–युक्रेन सेनामा कार्यरत कैलालीको भरत शाहको मृत्यु


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 7.9K
    SHARES

  • images
    रुस–युक्रेन सेनामा कार्यरत कैलालीको भरत शाहको मृत्यु

    रुस–युक्रेन सेनामा अर्का नेपाली युवाले ज्यान गुमाएका छन्।

    कैलालीको टीकापुर नगरपालिका-१ का ३६ वर्षीय भरत शाहको युक्रेनी सेनासँगको भिडन्तका क्रममा ज्यान गएको हो।

    युक्रेनी सेनासँगको भिडन्तका क्रममा घाइते भएका उनको उपचार अभावमा मृत्यु भएको जानकारी युद्ध मैदानबाट उनका साथी रोशन थापाले परिवारलाई दिएका हुन्।  

    कुसको शव बनाएर आइतबार हिन्दु परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा भरतको अन्तिम संस्कार गरिएको छ। उनका मृत्युबारे नेपालस्थित परराष्ट्र मन्त्रालय र रुसी सरकारले ‌औपचारिक जानकारी परिवारलाई दिइसकेको छैन। 

    टीकापुर नगरपालिका-१ दुर्गानगर स्थानीय बसोबास भएका उनी यसअघि दुबईको रोयल गार्डमा कार्यरत थिए। थापाले परिवारलाई दिएको जानकारी अनुसार शाहको मृत्यु गत नोभेम्बर २० तारिखमा भएको हो। यसबारे उनका साथी रोशनले शुक्रबार मात्रै परिवारलाई जानकारी दिएका हुन्। 

    भिडन्तका क्रममा गोली लागेर घाइते शाहलाई समयमा अस्पताल पुर्‍याउन नसक्दा मृत्यु भएको कञ्चनपुरका थापाले दिएका हुन्। दुबईको रोयल गार्डको जागिर छाडेर शाह तीन महिनाअघि रुसी सेनामा भर्ना भएका थिए। उनी रुसी सेनामा भर्ना भएको जानकारी परिवारलाई पनि थियो।

    उनका नातेदार मंगल शाहका अनुसार रुसी सेनाले यस घटनाबारे औपचारिक जानकारी दिएको छैन। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend