२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 6.6K
    SHARES

  • images
    कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

    कञ्चनपुर, १ पुस ।  कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित पूर्वपश्चिम राजमार्गमा म१ख ९३५ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई आइतवार बिहान ठक्कर दिएको हो।

    बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

    दुर्घटनामा घाइते मोटरसाइकल चालक शिवराज अवस्थी (मृतकका श्रीमान्) र १३ वर्षका बालकृष्ण अवस्थी उपचारपछि डिस्चार्ज भएका छन्। बस र चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend