२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

अर्जेन्टिनामा शक्तिशाली आँधी, १३ जनाको मृत्यु, विद्युत अवरुद्ध


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 7.9K
    SHARES

  • images
    अर्जेन्टिनामा शक्तिशाली आँधी, १३ जनाको मृत्यु, विद्युत अवरुद्ध


    काठमाडौं । अर्जेन्टिनाको बहिया ब्लाङ्कामा रहेको ब्युनस आयर्स बन्दरगाहमा शक्तिशाली आँधी आएको छ । शनिवार आएको आँधीमा परि १३ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यहाँको मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत समेत आँधी सहितको हावाहुरीले उडाएको थियो ।

    ‘दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको ज्यान गएको पुष्टि गरेको छ,’ नगरपालिकाले विज्ञप्तिमा भनेको छ । उक्त शहरमा एक सय ४० किलोमिटर ९८७ माइल० प्रतिघन्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ । तीव्रगतिको हावा आएसँगै केही भागमा विद्युत समेत अवरुद्ध भएको जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend