२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

श्रीलंकामा पहिलो पटक आर्थिक वृद्धिदर सकारात्मक


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 8.5K
    SHARES

  • images
    श्रीलंकामा पहिलो पटक आर्थिक वृद्धिदर सकारात्मक

     

    काठमाडौं । श्रीलंकामा आर्थिक सुधार हुँदै गएको छ । दुई वर्षअघि आर्थिक संकटले घेरिएको श्रीलंकामा पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर सकारात्मक देखिएको हो । श्रीलंकाली अधिकारीले आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै सोचेभन्दा पहिले नै स्थिरता प्राप्त भएको बताएका छन् । श्रीलंकाको जीडीपीले गत वर्षको तुलनामा २०२३ को तेस्रो त्रैमासिकमा १.६ प्रतिशतले वृद्धि गरेको छ ।

    श्रीलंकाको जनगणना तथा तथ्याङ्क विभागले शनिबार यो प्रतिवेदन सार्वजनिक गरेको हो । विभागले सार्वजनिक गरेको दोस्रो त्रैमासको राष्ट्रिय लेखाअनुसार गत वर्षको पहिलो त्रैमासिकमा सुरु भएको मन्दीबाट अर्थतन्त्र उभिएको हो । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङ्घेले अर्थतन्त्रमा कृषि, उद्योग र सेवा गरी तीनवटा प्रमुख क्षेत्र रहेको बताए ।

    तेस्रो त्रैमासमा कृषि क्षेत्र ३.० प्रतिशत, उद्योग ०.३ प्रतिशत र सेवा क्षेत्र १.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो त्रैमासिकमा १२.६ प्रतिशतले वृद्धि भएपछि गैरकर अनुदान १३.६ प्रतिशतले बढेको थियो । वीरासिङ्घेले सोचेभन्दा पहिले नै आर्थिक वृद्धिदर दर्ता भएको बताए ।

    विदेशी मुद्रा सञ्चितिको गम्भीर अभावका कारण श्रीलंका सबैभन्दा खराब आर्थिक संकटको चपेटामा परेको थियो । सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक मुलुक सबैभन्दा खराब अवस्थाबाट गुज्रिएको थियो । तर अहिले क्रमशः आर्थिक अवस्थामा सुधार आउन थालेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend