२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

छैटौं राष्ट्रिय झण्डा दिवस, विविध कार्यक्रम गरी मनाईंदै


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 19.5K
    SHARES

  • images
    छैटौं राष्ट्रिय झण्डा दिवस, विविध कार्यक्रम गरी मनाईंदै


    काठमाडौँ । आज छैटौं राष्ट्रिय झण्डा दिवस विविध कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्ष पौष १ गते नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । यस वर्ष राष्ट्रिय झण्डा दिवसको छैटौँ श्रृंखला हो ।

    २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अङ्गीकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रूपमा मनाउँदै आएको छ । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवसलगायत फरक फरक मितिमा राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend