२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

राप्रपा केन्द्रिय समिति बैठक आजबाट सुरु हुँदै, तीन दिनसम्म चल्ने


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 7.9K
    SHARES

  • images
    राप्रपा केन्द्रिय समिति बैठक आजबाट सुरु हुँदै, तीन दिनसम्म चल्ने


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ ।धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आजबाट सुरु हुने बैठक आगामी पुस ३ गतेसम्म जारी रहनेछ ।

    सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार आज देखी सुरु हुने केन्द्रिय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको अजेन्डा पेश गर्दै छन् ।

    बैठकमा महासचिवले सांगठानिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्दैछन भने भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफलबाट केन्द्रिय समितिले भावी कार्यक्रम र अजेन्डा तय गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend