२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कञ्चनपुरबाट एक बालिकाको उद्धार


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 7.0K
    SHARES

  • images
    कञ्चनपुरबाट एक बालिकाको उद्धार

    कञ्चनपुर, ३० मंसिर ।  कञ्चनपुरमा लुकाएर राखेकी एक बालिकाको उद्धार गरिएको छ। भीमदत्त नगरपालिका–१० जिमुवाबाट करिब १५ वर्षीया बालिकाको उद्धार गरिएको हो।

    माइती नेपाल कञ्चनपुरले भारतको उत्तराखण्डकी बालिकाको उद्धार गरेको हो। एक हप्ताअघि घरबाट बेपत्ता भएकी ती बालिकाका आफ्न्तले खोजीकार्य गर्दा पनि फेला नपरेपछि प्रहरी र विभिन्न संघसंस्थामा निवेदन दिएका थिए। भारतीय प्रहरी र संघ–संस्थाले खोजतलासका लागि माईती नेपाल कञ्चनपुरलाई आग्रह गरेका थिए।

    माइती नेपाल कञ्चनपुरले आफ्नो नेटवर्क मार्फत शंकास्पद क्षेत्रबाट सूचना संकलन र प्रमाणीकरण गरेपछि जिल्ला प्रहरी कार्यालयसँगको समन्वय र सहकार्यमा भीमदत्त नगरपालिका–१० जिमुवाको एक जना टमाटा थरका ब्यक्तिको घरमा छापा हानेर बालिकाको सकुशल उद्धार गरिएको हो।

    ती बालिकालाई पिथौरागढको एक होटलमा काम गर्ने लक्ष्मण टमाटाले ललाईफकाई जिमुवा बस्ने आफ्नो ठुलो बुवाको घरमा लुकाएर राखेका थिए। उद्धारपछि बालिकालाई पारिवारिक पुनर्मिलनका लागि मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कार्यरत भारतीय संस्था रिड्सको जिम्मा लगाएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन्।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend