२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस भइरहेको छ : प्रधानमन्त्री दाहाल 


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 8.7K
    SHARES

  • images
    संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस भइरहेको छ : प्रधानमन्त्री दाहाल 


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहार्ल  प्रचण्ड’ले देशको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस भइरहेको टिप्पणी गरेका छन् । आज ललितपुरमा आयोजित नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा समापन समारोहलाई  सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको भन्दै व्यवस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष र प्रतिरोध गर्न आवश्यक रहेको बताएका हुन् । 

    ‘अहिले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरि संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन् । इतिहासले र विश्वको अनुभवले के प्रमाणित गरेको छ भने लोकतन्त्रमा मात्रै सबै स्ंस्कृतिहरू समानरूपमा मौलाउन र विकास हुन सक्छन् ।’ उनले भने, ‘त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।’ 

    उनले नवदुर्गा भवानी देवीको १२ वर्षे ऐतिहासीक जात्रा समापन घोषणा गर्न पाउँदा गर्व महशुस भएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रपछि १२ वर्षे ऐतिहासीक जात्रा समापन गर्ने आफु पहिलो प्रधानमन्त्री भएकाले यो इतिहासमा कहिल्यै पनि नमेटिने उनले दाबी गरे । उनले भने,‘नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रामा प्रमुख अतिथिको रुपमा समापन घोषणा गर्ने यो अवसर मिल्यो आफुलाई भाग्यशालि सम्झेको छु । सायद यो इतिहास कहिल्यै पनि मेटिदैन् । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको म पहिलो प्रधानमन्त्री यो ऐतिहासिक जात्रामा समापन मा सहभागि हुने नवदुर्गाको पुजा गर्ने पहिलो प्रधानमन्त्री बन्ने अवसर पाए त्यो खुसीको कुरा हो । ’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend