२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गाजा जारी हमास–इजरायलको युद्धमा ६३ पत्रकार मारिए : सिपिजे


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 9.3K
    SHARES

  • images
    गाजा जारी हमास–इजरायलको युद्धमा ६३ पत्रकार मारिए : सिपिजे


    काठमाडौं । गाजा जारी हमास–इजरायलको युद्धमा ६३ सञ्चारकर्मी मारिएका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्टले संकलन गरेको तथ्याङ्क अनुसार अक्टोबर ७ यता कम्तिमा ५६ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी पत्रकार तथा सञ्चारकर्मी मारिएका छन्।जुन युद्दमा ११ जना पत्रकार घाइते भएको, तीन बेपत्ता र १९ जना पक्राउ परेको पनि सो संस्थाले जनाएको छ ।

    साथै, पत्रकारहरू माथी धेरै आक्रमण भएको, धम्की दिइएको, साइबर आक्रमण गरेको, सेन्सरशिप र उनीहरूको परिवारका सदस्यहरूको हत्या भएको तथ्यांक सार्बजनिक भएको छ । इजरायली आक्रमणमा अल जजिरामा कार्यरत मात्रै कम्तीमा चार पत्रकारले आफन्त गुमाएका छन्।

    सिपिजेको मध्य पूर्व र उत्तर अफ्रिका कार्यक्रम संयोजक शेरिफ मन्सुरले भने, ‘सीपीजेले पत्रकारहरू संकटको समयमा महत्त्वपूर्ण काम गर्ने नागरिकहरू हुन् र युद्धरत पक्षहरूद्वारा लक्षित हुनु हुँदैन भन्ने कुरामा जोड दिन्छ।’

    ‘यस हृदयविदारक द्वन्द्वलाई कभर गर्नका लागि संसार भरका पत्रकारहरूले ठूलो त्याग गरिरहेका छन्। गाजामा भएकाहरूले विशेष गरी धेरै मेहनत गरेका छन र उनीहरूले सत्य तथ्य बाहिर ल्याउनका लागि अझै पनि मेहनत जारी राखेका छन्,’ उनले अगाडी भने, ‘एक अभूतपूर्व असुरक्षाका बिचमा घातीय धम्कीहरू सामना गरिरहेका छन, यसबिचमा धेरैले सहकर्मी, परिवार र मिडिया सुविधाहरू गुमाएका छन् र कुनै सुरक्षित आश्रय वा बाहिर निस्किँदा सुरक्षा खोज्दै भागेका छन्।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend