२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि सुरू हुँने


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 8.3K
    SHARES

  • images
    राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि सुरू हुँने


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठक भोलिदेखि सुरू हुनेछ ।तीन दिनसम्म चल्ने बैठक धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा बस्ने पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । बैठकमा सचिवालय र कोषाध्यक्षको प्रतिवदेन पनि प्रस्तुत हुनेछ ।

    प्रवक्ता श्रेष्ठका अनुसार, आइतवार बिहान ८ बजेदेखि सुरू हुने बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशाबारे ब्रिफिङ गर्नेछन् ।

    तीन दिन चल्ने बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने उनले बताए । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्ताव पनि छलफलका लागि केन्द्रीय समितिमा पेश हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend