२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्दै प्राधिकरण


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 6.8K
    SHARES

  • images
    काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्दै प्राधिकरण


    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज बिहान नौ बजेदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । टेकुस्थित सब स्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएको जनाउँदै प्राधिकरणले विद्युत् आपूर्ति केही समयको लागि बन्द गर्न लागेको जानकारी दिएको छ ।

    शनिबार दिउँसो १ बजे सम्मका लागि टेकुस्थित सब स्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, ढोकाटोल, भिमसेनस्थान, ढल्को, ब्रम्हटोल, रामघाट, मरुहिटी, क्षेत्रपाटी चोक, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

    त्यस्तै ज्याबहाल, चिकुमङ्गल, झोसे, महाबौध्द, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, भोटाहिटी, असन, बाङ्गेमुढा, इन्द्रचोक, सुन्धारा, वसन्तपुर दरबार स्क्वायर,सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, बागडोल, धोबीधारा, मलपोखरी, नख्खु चोक, धोबीघाटलगायतका क्षेत्रमा पनि विद्युत् कटौती हुनेछ । प्राधिकरणले आज ९शनिबार० एक सूचनामार्फत बिहान नौ बजेदेखि दिउँसो १ बजेसम्म उल्लेखित स्थानहरुमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend