२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ब्रेन ट्युमरबाट पीडित कमललाई एनसीसी कतारको नेतृत्वमा आर्थिक सहयोग


सञ्चार डबली
  • शुक्रबार, मंसिर २९ २०८०
  • 8.7K
    SHARES

  • images
    ब्रेन ट्युमरबाट पीडित कमललाई एनसीसी कतारको नेतृत्वमा आर्थिक सहयोग

    २९ मंसिर, २०८०
    दोहा कतार – अत्यन्तै जटिल रोग ब्रेन ट्युमर तथा (spinal cord) मेरुदण्डको जटिल समस्याले ग्रसित भएका कमल रोकालाई एनसीसी कतारको नेतृत्वमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

    प्युठान जिल्ला झिमरुक गा।पा ४ हुराना निवासी वर्ष ३१ बर्षिय कमल रोकालाई गैरआवासीय नेपाली संघ , रास्ट्रिय समन्वय परिषद कतार र कतारमा स्थापित विभिन्न संघ सस्था र ब्यक्तिहरु बाट सन्कलित ३ लाख पैतिस हजार पाँच सय रुपैया मङ्गलबार पीडित बिरामी रोकालाई उपचार गराइ रहेको अस्पतालमै पुगेर एनसीसी कतारका कोषाध्यक्ष बुद्ध पाण्डेले रकम हस्तान्तर गरेका हुन । पान्डेले एनसीसी कतारको २१ औ स्थापना दिवसको दिन पुण्यको काममा सहभागी हुन पाउदा खुसी लागेको जनता खबरसङ्ग बताएको छन ।

    रोकालाई करिव ६ महिना पहिला HAMAD GENERAL HOSPITAL मा उपचार गराउने क्रममा ब्रेन ट्युमर देखा परेको थियो । ब्रेन ट्युमरको अप्रेसन सफल भयो तर फेरी मेरुदण्ड (Spainal Cord) मा समस्या आएपछि दुवै खुट्टा नचल्नुका साथै कमलको होस समेत गुम्दै गएको अवस्थामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष लगायतको टिम अस्पतालमा गएर बिरामी र डाक्टरलाई भेट गरेका थिए ।

    एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक बिभाग प्रमुख कृष्ण पन्थीले यहाँ उपचार गराउदा डाक्टरहरुले पीडित बिरामी बढिमा ४५ दिन बाँच्ने हुँदा सके सम्म छिटो नेपाल लैजाने ब्यबस्थाप मिलाउन अस्पताल प्रशासनले सुझाव दिएको बताए । बिमारीको परिवार र आफन्तले पनि छिटो भेट्न सके राम्रो हुने उद्देश्य राखेका हुँदा एनसिसि कतार र कतारमा स्थापित विभिन्न संघ संस्थाको सहकार्यमा पीडित बिरामी लाई तत्काल नेपाल पठाउन सम्भव भएको बताए ।

    उपाध्यक्ष पन्थीका अनुसार करिब ३ महिना पहिला नेपाल पुगेको बिरामी रोकाको स्वास्थ अवस्था अहिले सुधारान्मुख रहेको र उनि अहिले आफै व्हिल चियरमा हिड्ने गर्छ्न। सोही कारण पनि आफुले श्रममैत्री अस्पताल नेपालमा खोल्नु पर्छ भन्ने कुरामा जोड दिएको बताए ।

    वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष देखि कतारमा मजदुरी गरि घर परिवार को खर्चको जोहो गर्दै आएका पीडित ९बिरामी ० रोकालाई उपचार्थ र नेपाल पठाउने आर्थिक सहयोग जुटाउन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले संस्थाका सह(कोषाध्यक्ष झबिन्द्र आचार्यलाई आर्थिक सहयोग संकलन संयोजक तोकिदिएको थियो । सोही जिम्मेवारिलाई कुसतापुर्वक निर्वाह गरेको संयोजक झबिन्द्र आचार्यले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend