२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अस्पतालबाट भागेका बिरामी सेती ड्याममा मृत भेटिए


सञ्चार डबली
  • बिहीबार , मंसिर २८ २०८०
  • 7.9K
    SHARES

  • images
    अस्पतालबाट भागेका बिरामी सेती ड्याममा मृत भेटिए

    पोखरा । पोखराको मणिपाल अस्पतालमा उपचाररत एक बिरामी सेती नदीको ड्याममा मृत भेटिएका छन् । तनहुँ घर भई पोखरा १६ लामाचौर बस्दै आएका १९ वर्षका संगम मिश्र सोमवार अस्पतालबाट भागेका थिए ।

    बिरामी भएर उपचार गराउन आएका उनी बाबु हरिप्रसाद मिश्र औषधी लिन गएका बेला अस्पतालबाट निस्किएका प्रहरीले जनाएको छ । उनको कार्ड समेतको कपडा सेती नदीमाथिको पुलमा भेटिएपछि नदीमा हामफालेको हुन सक्ने प्रहरीले अनुमान लगाएको थियो ।

    सोही आधारमा सेती नदीको ड्याम खोलेर उनको खोजी गर्दा ड्याममा नै मृत अवस्थामा भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend