२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

थमन विक हत्याकाण्डः लोसपा नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला


सञ्चार डबली
  • बिहीबार , मंसिर २८ २०८०
  • 6.4K
    SHARES

  • images
    थमन विक हत्याकाण्डः लोसपा नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सांसद अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका छन्।

    यो सजाय पाउनेमा सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन्। अभिराम शर्मा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता हुन् । यसअघि उनी साधारण तारेखमा रिहा भएका थिए । जन्मकैदको सजाय पाउने रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्व मेयर हुन् ।

    मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छ्न । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन्।

    सांसद कोइरीसहित २८ जना अभियुक्त थिए। तीमध्ये ७ जना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको कसुरमा थप ६ महिना कैद सजाय हुने भएको छ।

    यस प्रकरणमा अदालतले आगो लगाउने कार्यमा संलग्नहरूबाट विकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश गरेको छ। मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend