२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायलद्वारा गाजामा तिव्र आक्रमण, फोन बन्द गरेर कतारबाट भाग्दै हमासका नेताहरु


सञ्चार डबली
  • बिहीबार , मंसिर २८ २०८०
  • 9.9K
    SHARES

  • images
    इजरायलद्वारा गाजामा तिव्र आक्रमण, फोन बन्द गरेर कतारबाट भाग्दै हमासका नेताहरु


    काठमाडौं । गाजा क्षेत्रमा इजरायलले आक्रमणलाई तिव्र पारेपछि हमासका नेताहरु कतार छोड्न लागेका छन् । कतारमा असुरक्षित महसुस गर्दै पलायन भइरहेका नेताहरु कहाँ जादैछन् भन्ने अझै स्पष्ट नभएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अरबी एक टेलिभिजन च्यानलका अनुसार मंगलबार साँझ धेरै हमास नेताहरूले आफ्नो फोन स्विच अफ गरेको बताएको छ ।

    उनीहरmले सकैको फोन कल रिसिझ नगर्ने तथा कसैको जवाफ नफर्काएको बताइएको छ । उनीहरु कतारबाट अज्ञात स्थानमा गएको बताइएको छ । मंगलवार हमासका वरिष्ठ नेता सालेह अल–अरौरी लेबनानको राजधानी बेरुतमा रहेको आफ्नो घरबाट भागेर उनी टर्की गएको बताइएको छ ।

    टर्कीले लामो समयदेखि हमास आतंककारीहरूलाई आश्रय र राहदानी प्रदान गर्दै आएको छ । यस्तो अवस्थामा हमास नेताहरू टर्की, कतार, लेबनान, सिरिया, इरान र युएईको राहदानीमा विदेश यात्रा गर्दै आएका छन् । टर्कि र कतारमा हमासको आफ्नै कार्यालयहरू पनि रहेका छन् ।

    इजरायलले कतारलाई हमाससँग वार्ता जारी रहेसम्म आफ्ना नेतामाथि आक्रमण नगर्ने आश्वासन दिएको थियो । तर, वार्ता सकिएपछि इजरायलले आक्रमणका सम्बन्धमा कुनै वाचा गरेको छैन । अब इजरायल र हमासबीचको वार्ता सकिएको छ । यस्तो अवस्थामा इजरायलले छिट्टै उनीहरूलाई निशाना बनाउँछ कि भन्ने डर हमासलाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend