२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्राधिकरणले खारेज गर्यो तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र


सञ्चार डबली
  • बिहीबार , मंसिर २८ २०८०
  • 7.2K
    SHARES

  • images
    प्राधिकरणले खारेज गर्यो तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले इन्टरनेट (इमेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो।

    प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त तीन कम्पनीको अनुमति पत्र खारेज गरिएको जनाएको छ। ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरूको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ।

    ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend