२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राष्ट्रपति पौडेल र  विश्व बैंकका देशीय निर्देशक जर्भोसबीच भेटवार्ता 


सञ्चार डबली
  • बुधबार, मंसिर २७ २०८०
  • 7.9K
    SHARES

  • images
    राष्ट्रपति पौडेल र  विश्व बैंकका देशीय निर्देशक जर्भोसबीच भेटवार्ता 

     

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र विश्व बैंकका देशीय निर्देशक फेरीस हदाद जर्भोसबीच शिष्टाचार भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले चार दशकदेखि विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पु¥याएको सहयोगको सराहना गरे । 

    उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैंकले सहयोग गर्ने अपेक्षा समेत राखे ।  जलवायु परिवर्तनका कारण हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैंकबीचको सहकार्य सुदृढ रहेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend