२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गाजामा तत्काल मानवीय युद्धविरामको मागप्रति नेपालको समर्थन


सञ्चार डबली
  • बुधबार, मंसिर २७ २०८०
  • 7.9K
    SHARES

  • images
    गाजामा तत्काल मानवीय युद्धविरामको मागप्रति नेपालको समर्थन

     

    काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले गरेको युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको मागप्रति नेपालले समर्थन गरेको छ । मंगलरबार महासभाको आपतकालीन विशेष सत्रमा युद्धविरामको पक्षमा १५३ राष्ट्रले मतदान गरेका हुन् । जसमध्ये नेपालले पनि गाजामा तत्काल युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा मतदान गरेको हो ।

    राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये गाजामा युद्धविरामको पक्षमा १५३ राष्ट्रले मतदान गर्दा विपक्षमा १० र तटस्थ २३ राष्ट्रले मत दिए । अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गरेको थियो ।

    गत ७ अक्टोबरबाट इजरायल र हमासबीच युद्ध भइरहेको छ । जसले गाजा क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ । यो युद्धले करिब १८ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । हमासको आक्रमणमा परि १४ सयभन्दा बढी इजरायली मारिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend