२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज शेखर समूहको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा


सञ्चार डबली
  • बुधबार, मंसिर २७ २०८०
  • 8.7K
    SHARES

  • images
    आज शेखर समूहको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

     

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्ने छ। नेता डा. शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सारेका थिए।कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने भएपछि बैठक आजका लागि सारिएको थियो।

    बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुँनेछ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको, राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेकोमा शीर्ष नेता सहमत देखिन्छन्। यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे इतर समूहले आज आफ्नो रणनीति बनाउने बताइएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend