२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नक्कली सर्टिफिकेट बनाएको आरोपमा क्रिश्‍चियन महासंघका अध्यक्ष पक्राउ


सञ्चार डबली
  • मंगलबार, मंसिर २६ २०८०
  • 8.8K
    SHARES

  • images
    नक्कली सर्टिफिकेट बनाएको आरोपमा क्रिश्‍चियन महासंघका अध्यक्ष पक्राउ
    काठमाडौं । नक्कली सर्टिफिकेट प्रकरणमा राष्ट्रिय क्रिश्चियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन्। ब्याचलरको नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलबार गहतराजलाई पक्राउ गरेको हो। 

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गहतराजलाई मंगलबार अपराह्न सिंहदरबारबाट पक्राउ गरिएको हो। उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतको कागजात किर्ते गरेको उजुरी परेको थियो। 

    गहतराजले महान् अभियान नामक पत्रिका दर्ता गर्ने क्रममा आफू स्नातक उत्तीर्ण भनी स्नातक तहको कागजात किर्ते गरेको आरोप छ। गहतराजले पशुपति क्याम्पसबाट प्रथम श्रेणीमा ब्याचलर पास भएको भनी कागजात बनाएका थिए। उक्त कागजातको छानबिन गर्दा नक्कली भएको पुष्टि भएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend