२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुन तस्करीका आरोपीलाई छुटाइदिने भन्दै एक करोड ठगी गर्ने दुईजना पक्राउ


सञ्चार डबली
  • मंगलबार, मंसिर २६ २०८०
  • 7.2K
    SHARES

  • images
    सुन तस्करीका आरोपीलाई छुटाइदिने भन्दै एक करोड ठगी गर्ने दुईजना पक्राउ

    काठमाडौं । सुन तस्करी आरोपमा पुर्पक्षका लागि जेल चलान भएका आरोपीको मुद्दा मिलाई थुनामुक्त गरिदने भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भोजपुरको हतुवागढी–५ की २६ वर्षीया रितु राई र बर्दियाका निरेश चौधरी छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।  

    सीआईबीका एसपी नवराज अधिकारीका अनुसार आपराधिक विश्वासघात र संगठित अपराध मुद्दामा थुनामा रहेका सुर्खेतका रेवन्त खड्काको मुद्दा मिलाइदिने भन्दै उनीहरूले खड्काका बुबा अमरबहादुर खड्कासँग ९९ लाख ७५ हजार रुपैयाँ लिएका थिए ।

    रेवन्तलाई भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा सीआईबीले पक्राउ गरेको थियो । उनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा समेत हुन् ।

    सो प्रकरणमा जोडिएपछि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पनि पुपक्र्षका लागि जेल चलान भएका थिए ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend