२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अमरेश सिंहले एनसेलविरुद्ध दायर गरेको रिटमा आज सुनवाई हुँदै


सञ्चार डबली
  • मंगलबार, मंसिर २६ २०८०
  • 7.0K
    SHARES

  • images
    अमरेश सिंहले एनसेलविरुद्ध दायर गरेको रिटमा आज सुनवाई हुँदै


    काठमाडौं । एनसेलको खरिद बिक्रि प्रक्रियाका विरुद्धमा सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परे पछि आजबाट सुनवाई हुन लागेको हो ।

    गत शुक्रबार सांसद सिंहले दायर गरेको रिट निवेदनमा आइतबार सुनवाई हुने भनिएको थियो । तर, आइतबार र सोमवार भने ‘हेर्न नभ्याइने’ भन्दै आजका लागि पेशी सारिएको थियो ।

    सांसद सिंहले नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गर्दैै गत शुक्रबार उनले रिट दर्ता गराएका हुन । आफनो निवेदनमा उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend