२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सरकार लगानीकर्ताको चाहाना बमोजिमको वातावरण बनाउन तयार छ : अर्थमन्त्री महत 


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 10.5K
    SHARES

  • images
    सरकार लगानीकर्ताको चाहाना बमोजिमको वातावरण बनाउन तयार छ : अर्थमन्त्री महत 


    काठमाडौं । लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बताएका छन् । आज अर्थमन्त्रालयमा आयोजित तेस्रो लगानी शिखर सम्मेलनबारे सरोकारवालासँगको परामर्श बैठकमा उनले सरकार लगानीकर्ताको चाहाना बमोजिमको वातावरण बनाउन तयार रहेको बताएका हुन् । 

    लगानीकर्तालाई आर्कषण गर्न लगानीको वातावरणमात्रै नभएर उनीहरुको लगानीको सुरक्षा र प्रतिफलको समेत ग्यारेन्टी हुुनुपर्ने कुरामा सरकार गम्भीर रहेको बताए । मुख्य गरी पर्यटन, कृषि तथा सूचना प्रविधिक्षेत्रमा लगानी भित्र्याउन सरकारले प्रयास गरिरहेको उनले बताए ।

     सो अवसरमा सरोकारवालाले सरकारले गर्नु पर्ने तयारी र कामबारे प्रष्ट रुपमा सुझाव दिन आग्रह गरेका थिए । सरकार सो सम्मेलनअघि नै आवश्यक आधारभूत तयारी गर्न तयार रहेको पनि प्रष्ट पारे। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend