२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

हिलाहरुलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको छ :  उपसभामुख मगर


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 8.4K
    SHARES

  • images
    हिलाहरुलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको छ :  उपसभामुख मगर

     

    काठमाडौं ।  महिलाहरुलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको उपसभामुख इन्दिरा राना मगरले  बताएकी छन् । लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सबै महिलाहरुलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको भन्दै सरकारले राजनैतिक रुपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्ने बताइन् । 

    उनले भनिन्, ‘यसपालिको नारी दिवसमा महिलाहरुलाई डिजिटल टेक्नोलोजीमा पहुँच भनेका छौं । त्यो पहाडको कुनाकुनामा पुग्नुपर्यो । हरेक विकट ठाउँमा रहेका महिलाहरुलाई पहुँच पुर्याउन सरकारले व्यवस्था गर्नुपर्छ । महिलालाई सरकारले लगानी गर्नुपर्छ । राजनैतिक रुपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्छ ।’

    उनले महिला हिंसासँग सम्बन्धित धेरै कानुनहरु बनेको भए पनि अहिलेसम्म एउटा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरिन् । उनले भनिन्, ‘सरकार भनेको सम्पूर्ण जनता हो । सबै क्षेत्र सरकार हो । महिला हिंसा सम्बन्धी धेरै कानुन बनेका छन् तर एउटा पनि कार्यान्वयन भएको छैन । आज पनि हामीले चुप लागेर बस्ने हुँदैन । हरेक क्षेत्रबाट आवाज बुलन्द रुपमा उठाउनुपर्छ ।’उपसभामुख मगरले बालबालिकाको क्षेत्रमा बाल संरक्षणका कुनै राम्रो नीतिहरु र विधेयक बन्न नसक्नु दुखद कुरा भएको बताइन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend