२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान डब्ल्यूएचओको आह्वान


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 9.6K
    SHARES

  • images
    गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान डब्ल्यूएचओको आह्वान


    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको छ । आइतवार डब्ल्यूएचओको कार्यकारी बोर्डको विशेष बैठकले प्रस्ताव पारित गर्दै गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको हो ।

    उसले मानवीय सहायतामा तत्काल पहुँच पुर्‍याउन र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ। पारित गरिएको प्रस्तावमा ‘चिकित्सक र स्वास्थ्यकर्मीसहितकोे मानवीय राहतको तत्काल गाजामा पुर्‍याउनपर्ने भनिएको छ ।

    सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न आह्वान गरेको प्रस्तावमा ‘सशस्त्र द्वन्द्वका सबै पक्षहरूले सशस्त्र द्वन्द्व र चिकित्सा कर्मचारीहरूमा नागरिकहरूको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत उनीहरूलाई लागू हुने दायित्वहरू पूर्ण रूपमा पालना गर्नुपर्दछ’ भनेर उल्लेख गरिएको छ । डब्ल्यूएचओको ७५ वर्षको इतिहासमा कार्यकारी बोर्डको विशेष बैठक यो सातौं हो ।

    यस प्रस्तावको पारितले ‘सबै परिस्थितिमा स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकताको रूपमा महत्व दिन्छ, र सबैभन्दा कठिन परिस्थितिमा पनि शान्तिको पुल निर्माण गर्न स्वास्थ्य सेवा र मानवीयताको भूमिकालाई जोड दिन्छ,’ डब्ल्यूएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    प्यालेस्टाइनी सशस्त्र समूह हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार २०० मानिस मारिए र २०० भन्दा बढीलाई बन्धक बनाएपछि सुरु भएको गाजामा गहिरो मानवीय संकट पैदा भएको छ । यसको समाधानका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद् संघर्ष गरिरहेको छ।

    हमासविरुद्ध जवाफी कारबाही थाल्दै इजरायलले हमासविरुद्ध युद्धको घोषणा ग¥यो र गाजालाई अधिनमा राख्ने प्रयास गरेको छ । सो आक्रमणका कारण करिब ८० प्रतिशत जनसंख्या विस्थापित भएको र रोगको बढ्दो खतरासँगै खाना, पानी र औषधिको अभाव भएको संयुक्त राष्ट्रसंघले बताएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend