२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 6.4K
    SHARES

  • images
    आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा


    काठमाडौं । बालाचतुरर्दशीको अवसरमा आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भिड लागेको छ । रातभर दीपदान गरेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन् । शतबीज छर्न आएका भक्तजनहरुको पशुपतिनाथमा घुइँचो लागेको छ । बाला चतुर्दशीको अवसरमा पशुपति पुग्ने भक्तजनको सुरक्षाका लागि पशुपति क्षेत्रमा हिजो बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    बालाचतुदर्शी शिवजीले कैलाशबाट पार्वतीले चिन्छिन् कि चिन्दिनन् भनेर परीक्षा लिरहनुहुन्थ्यो । निक्लिनु भएछ । अहिलेको स्लेश्मान्तक बन (मृगस्थली) त्यहाँ आएर सयौं मृगहरुको रुपमा उहाँले पनि मृगको रुप धारण गरेर बस्नुभएछ । पार्वतीले दिव्य दृष्टिले हेर्दाखेरी मृगहरुको बीचमा हुनुहुन्छ । र चिनिदैनन् । अब के गर्ने त उपाय भन्दाखेरी अब हरिणलाई चाँही अंकुरो (हरियो प्रकारको घाँस) मा रमाउने गर्छ अथवा त्यो प्रति आकर्षित हुन्छ । त्यसै कारणले सतबीच ल्याएर त्यहाँ छर्नुभएछ । छर्दाखेरि त्यो अंकुरित भयो । पछि सबै मृगहरु त्यो खानलाई आए तर एउटा मृग आएन । उहाँ शिवजी हुनुहुन्थ्यो । त्यसरी पत्ता लगाएको एउटा किन्वदन्ती चाँही यहाँ आउँछ त्यसकारण यो पितृको नाममा जुन दिन उहाँले छर्नु भएको थियो त्यो दिन चर्तुदशी अर्थात् मार्ग कृष्णपक्षको चतुर्दशी तिथिमा परेको कारणले यसलाई बालाचतुर्दशी भनिएको हो ।

    अर्को करो के छ भन्दाखेरि सम्पूर्ण ज्ञात अज्ञात पितृहरु, कति कालगतिले जानु भएको होला, कसैको अकालले मृत्यु भयो होला । उहाँहरुको सम्झनामा जस्तै हेमन्त ऋतु, मार्ग महिनाको कृष्णपक्षको आज चतुर्दशी तिथि । आज शिवालयहरुमा दीप तथा महादीपहरु बालेर जाग्राम बस्ने गरिन्छ । जाग्राम बस्दा गीत तथा भजनहरु गाउने पनि गरिन्छ । यस्तो प्रचलन किन चलेको हो भन्दाखेरी त्रयोदशीका दिन दीप प्रज्वलन हुँदा स्वर्गलोकमा पनि झलमल्ल हुन्छ भन्ने शास्त्रीय मान्यता छ । त्यसैले शिवालयमा पितृहरु नहुने गएर दीप प्रज्वलन गर्ने प्रचलन छ भने दोस्रो दिन चतुदर्शीका दिन शत्बिज ( धान, गौँ, जौ, चना, तिल..आदी) छर्ने प्रचलन छ । यो पितृहरुको उद्धार तथा पितृ कल्याणका लागि गरिने कार्य भएकाले शत्बीज छर्नेले स्वर्णदान गरे बराबरको फल प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend