२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने व्यक्ति पक्राउ


सञ्चार डबली
  • आइतबार, मंसिर २४ २०८०
  • 7.6K
    SHARES

  • images
    साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं, २४ मंसिर । साउथ अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

    बिर्तामोड नगरपालिका–४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षका अन्जेश गिरीलाई शुक्रबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

    अन्जेशले बिजय खत्रीसहित २ जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै त्यसका लागि प्रतिव्यक्ति ८ लाख पचास हजार रुपैयाँ लाग्छ र साउथ अफ्रिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र पुगेपछि मासिक १ लाख २० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा १७ लाख रकम लिई सम्पर्कविहीन भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend