२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बर्दियाबाट २९ तोला सुनका गरगहनासहित दुई जना पक्राउ


सञ्चार डबली
  • आइतबार, मंसिर २४ २०८०
  • 7.6K
    SHARES

  • images
    बर्दियाबाट २९ तोला सुनका गरगहनासहित दुई जना पक्राउ

    बर्दिया, २४ मंसिर । बर्दियाबाट झन्डै २९ तोला सुनका विभिन्न गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिक–१९ राँझाका २९ वर्षीय मोहन विक र बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवा बस्दै आएका ३८ वर्षीय देवेन्द्रबहादुर घर्तीलाई शनिबार बेलुकी साढे ६ बजेतिर पक्राउ गरेको हो।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–८१६८ नम्बरको कारसहित उनीहरू स्रोत नखुलेको २८ सेट सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले  बताए।

    गोप्य सूचनाका आधारमा जिल्ला र इलाकाको संयुक्त गस्ती टोलीले बारबर्दिया नगरपालिका–९ कर्तनियाघाटस्थित चेकप्वाइन्टमा उनीहरूलाई पक्राउ गरेको हो।

    इलाका प्रहरी कार्यालय बगनाहा, मोतीपुर र कतरनियाको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गमा चेकका क्रममा उनीहरूलाई पक्राउ गरिएको र पक्राउ परेकाहरूले सुनका गरगहना कहाँबाट ल्याइका हुन् भन्ने स्रोत खुलाउन नसकेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend