२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राजतन्त्रको पक्षमा बढेको जनमत देखेर सरकार आतिएको छ : अध्यक्ष थापा


सञ्चार डबली
  • आइतबार, मंसिर २४ २०८०
  • 8.3K
    SHARES

  • images
    राजतन्त्रको पक्षमा बढेको जनमत देखेर सरकार आतिएको छ : अध्यक्ष थापा

     

    काठमाडौं । राजतन्त्र पुर्नस्थापना र हिन्दुराष्ट्र कायम कायम गर्ने एजेन्डामा बढ्दै गएको जनमत देखेर वर्तमान सरकार र गणतन्त्र पक्षधरहरु आतिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले टिप्पणी गरेका छन् । आजदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुतगर्दै अध्यक्ष थापाले पछिल्लो समय राजसंस्था पुर्नस्थापनको पक्षमा भएका आन्दोलनबाट दलहरु आतिएको टिप्पणी गरेका हुन् ।

    “भ्रष्ट व्यवस्थाको अन्त्य, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’’ विषयक राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै उनले भने, पार्टीले, निर्णय विभिन्न जिल्लामा हामीले हिन्दु राष्ट्र पुर्नस्थापना, राजसंस्था पुर्नस्थापनाको निमित्त गरेका कार्यक्रमहरुले राष्ट्रिय राजनीतिमासमेत एक प्रकारको तरङ्ग नै ल्याएको भन्न सकिन्छ । ’’

    उनले काठमाडौंमा दुर्गा प्रसाईँको नेतृत्वमा भएको जनप्रर्दशनपछि सरकार आत्तिएको दाबी गरे । ‘काठमाडौंमा भएको प्रर्दशनबाट सरकार पनि त्रसित हुन गएको आतंकित हुन गएको संकेतहरु देखापरेका छन् ।’ उनले भने । आजदेखि काठमाडौंमा सुरु भएको बैठक भोलि सकिने उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend