२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

पूर्वाधारको क्षेत्रलाई गुणस्तरीय बनाउने कुरामा सबै केन्द्रित भएर लाग्नुपर्छः मन्त्री ज्वाला


सञ्चार डबली
  • आइतबार, मंसिर २४ २०८०
  • 9.4K
    SHARES

  • images
    पूर्वाधारको क्षेत्रलाई गुणस्तरीय बनाउने कुरामा सबै केन्द्रित भएर लाग्नुपर्छः मन्त्री ज्वाला

     

    काठमाडौं । परामर्श सेवा विकास ऐनको मस्यौदा चाँडै जारी गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रतिबद्धता जनाएका छन् ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले परामर्श सेवा विकास ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिँदै चाँडै जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    उनले भने, ‘ऐनको मस्यौदा तयार भइसकेको छ । छिट्टै अन्तिम रुप दिइ जारी गर्ने प्रतिबद्धता जनाउँछु ।’नीति तथा कार्यक्रम र बजेटमा गरेको प्रतिबद्धताहरु लागू गर्दा पूर्वाधार क्षेत्रको विकासले देशमा समृद्धिको ढोका खुल्ने धारणा राखे ।

    उनले भने, ‘नीति तथा कार्यक्रममा जे प्रतिबद्धता गरेको छौं र बजेटमा उल्लेख गरेका छौं, ती प्रतिबद्धताहरु लागू गर्दा पूर्वाधार क्षेत्रको विकासले देशमा समृद्धिको ढोका खुल्छ भन्ने कुरामा कसैको दुईमत छैन ।’मन्त्री ज्वालाले पूर्वाधारको क्षेत्रलाई भरपर्दो गुणस्तरीय र जनता मैत्रीबनाउने कुरामा सबै केन्द्रित भएर लाग्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend