२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भारतको बरेली सडक दुर्घटनाः ८ जनाको मृत्यु


सञ्चार डबली
  • आइतबार, मंसिर २४ २०८०
  • 10.3K
    SHARES

  • images
    भारतको बरेली सडक दुर्घटनाः ८ जनाको मृत्यु


    काठमाडौं । भारत उत्तर प्रदेशको बरेली जिल्लामा सडक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । नैनिताल सडकखण्डमा कार र ट्रकबीच ठोक्किदा दुवै गाडीमा आगो लागेपछि कारमा सवार आठै जनाको जलेर मृत्यु भएको हो । दुर्घटना बरेली जिल्लाको भोजीपुरा थाना क्षेत्रको नैनीताल राजमार्गमा भएको हो ।

    प्राप्त जानकारी अनुसार कारको टायर फुटेपछि ट्रकसँग ठोक्किएको हो ।बरेलीका एसएसपी घुले सुशील चन्द्रभानले कार राजमार्गमा गुडिरहेको ट्रकसँग ठोक्कियो र त्यसपछि टाँसिएर आगो लागेको बताए ।गाडी भित्रबाट सेन्ट्रल लक भएको कारण मानिसहरु बाहिर निस्कने मौका पाएनन् र सबै जलेका थिए । मृतकलाई बाहिर निकालिएको छ । जसमध्ये ७ जना वृद्ध र एक बालक रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend