२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मतदाताले मत परिवर्तन गरे मात्र देश परिवर्तन हुन्छ - रास्वपा सभापति लामिछाने 


सञ्चार डबली
  • शनिबार, मंसिर २३ २०८०
  • 9.4K
    SHARES

  • images
    मतदाताले मत परिवर्तन गरे मात्र देश परिवर्तन हुन्छ - रास्वपा सभापति लामिछाने 

    काठमाडौं, २३ मंसिर । 
    दोहा कतार- प्रवासी नेपाली सम्पर्क विभाग कतारले आयोजन गरेको “बिशेष भेटघाट तथा अन्तरक्रिया” कार्यक्रम दोहामा शुक्रबार भब्य सम्पन्न भएको छ। कतारमा रहेका विभिन्न राजनीतिक दल, सामाजिक व्यक्तित्वहरु, बुद्धिजीवी तथा पत्रकारहरुको साथै पार्टी प्रती आस्थावान नेपालीहरुको ठुलो उपस्थिति रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि बनेर नेपालबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कतार आएका थिए ।

    दोहाको ओएसीस विच क्लबको सभा हलमा बिधिवत रुपमा दिप प्रज्वलन गरि घण्टी बजाएर सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य राखेका अधिकाङ्श वक्ताहरुले रास्वपालाई नेपाली जनताले आफ्नो अन्तिम आशा, अपेक्षाको साथै पुरानो राजनीतिक दलहरुको विकल्पको रुपमा हेर्ने गरेको बताएका थिए।

    प्रवासी नेपाली सम्पर्क विभाग कतारका उपसभापति नियम भुजेलले सहजीकरण गरेका कार्यक्रममा झन्डै एक घन्टा लामो सम्बोधन गर्दै बोलेका सभापति लामिछानेले नेपालको बिग्रदो राजनीति, बिकासको लागी युवाहरुको भुमिका, बढ्दो भ्रस्टाचारमा राजनीतिक दलको संरक्षण, एनसेल प्रकरण र दलभित्र राम्रोलाई भन्दा हाम्रोलाई बढी प्राथमिकता रहेको भन्ने लगायत बिषयमा बोलेका थिए।

    उनले बिकास र परिवर्तनको लागि नेतृत्व युवा पुस्तालाई दिनुपर्ने र त्यो मत परिवर्तनले मात्र सम्भव हुने भन्दै राम्रो काम गर्ने जुनसुकै नेता तथा दललाई समर्थन र सपोर्ट गर्न आफू तयार रहेको बताए, तर देशमा राजनीतिक खिचातानी र राजनीतिक दलहरु नै भ्रस्टाचारमा लिप्त भइ तस्करीसङ्ग मिलेर आफ्नो स्वार्थ पूरा गर्ने तिर लागेकोले गर्दा देशको अर्थतन्त्र दिनहुँ दिन कमजोर हुँदै गएको पनि बताए ।

    प्रवासी सम्पर्क बिभागका प्रवक्ता गोपाल न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा सभापति लामिछानेले देशलाई गतिशील पथमार्गमा डोर्याएर र बिकास निर्माणको छलाङ मार्ने सङ्कल्प बोकेर राजनीतिमा लागेका नेताहरुले नै आफ्नो स्वार्थको लागि कु कर्मतिर अग्रसर भएकोले पुराना दलहरुको आयु अब चार वर्ष पनि नरहेको भन्दै मिसन ८४ पश्चात रास्वपाले पुराना दल तथा नेताहरुलाई इतिहासमा परिणत गरिदिने दाबी समेत गरे ।

    लामिछानेले कार्यक्रममा आफुलाई भेट्ने इच्छा बोकेर आएको र हलमा पर्याप्त ठाउँ नभएर बाहिरबाटै फर्किन बाध्य भएका सम्पूर्णलाई सम्झिदै भेट्न नपाएकोमा दुस्ख लागेको र फेरि कहि न कहि भेट्न समय मिलोस भन्ने अपेक्षा रहेको पनि बताएका थिए । उनी थप भन्छन ” म पुराना दलहरुको राजनीतिक खिचातानी, नेतृत्व तथा देश संचालन गर्ने शैली देखेर वाक्क दिक्क भइ कुनै स्वार्थ बिना केही नयाँ तथ्य र परिवर्तनको लागि राजनीतिमा आएको हो”। त्यसैले सबैले एक पटक आफुले आस्था राखेको दलको चिन्ह बदलेर घण्टीलाई मतदान गर्न पनि अनुरोध गरे ।

    कार्यक्रममा सरकार र ठुला भनिने राजनीतिक दलहरुलाई प्रश्नै प्रश्न गर्दै काम गरेर देखाउने नसक्ने कसैलाई पनि कुर्सीमा बस्ने अधिकार नभएको बताए भने दलका कार्यकर्ताले पनि भ्रष्ट नेताको पछि लाग्न छोडेर सहि र नेतृत्व गर्न योग्य ब्यक्तिलाई छान्न आग्रह गरेका थिए ।

    सिमित उपस्थितिमा कार्यक्रम गर्न अनुमति पाएको हलमा १ हजार भन्दा धेरैको उपस्थिति थियो भने आयोजकलाई भिड थेग्न मुस्लिम परेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend