२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित तीन जना पक्राउ


सञ्चार डबली
  • शनिबार, मंसिर २३ २०८०
  • 7.9K
    SHARES

  • images
    हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित तीन जना पक्राउ

    हेटौंडा, २३ मंसिर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।

    शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक  पेस्तोल एक थान र गोली १९ राउन्डसहित तीन जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिक ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

    यही मंसिर १८ गते हेटौंडा–९ धर्मपथस्थित सूर्यप्रसाद पौडेलको घरमा पटका पड्केको जस्तो आवाज आएपछि १९ गते बिहान उनको घरको वरीपरी गोलीको खोका जस्तो बस्तु फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

    शुक्रबार प्रक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

    प्रहरीका अनुसार अनुसन्धानको क्रममा प्रहरीले उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लागेको जस्तो दाग फेला पारेको छ।

    प्रहरीले नजिकै रहेको प्रगति स्कुल अगाडिको सडकमा १ राउन्ड गोलीसमेत फेला पारेको थियो।

    पक्राउ परेकाहरूबाट एक थान सेमि अटोमेटिक पेस्तोल, १९ राउन्ड गोली, एक ग्राम चार सय मिलिग्राम लागूऔषध तथा अन्य सामग्रीसहित बरामद गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend